बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा घट्ने क्रम आज पनि जारी रहेको छ । साताको कारोबारको चौथो दिन आज बुधवार नेप्से ८.११ अंकले घटेर २ हजार १ सय ५६ दशमलब २० विन्दुमा पुगेर बन्द भएको छ । मंगलवार नेप्से ३६.१९ अंकले घटेर २ हजार १ सय ६४ दशमलब ३१ विन्दुमा बन्द भएको थियो ।
नेप्सेमा दोहोरो अंकको गिरावट भएसँगै कारोबार रकममा पनि आज गिरावट भएको छ । आज २ अर्ब ४३ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलवार २ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेमा आज कारोबार भएका ६७ कम्पनीको शेयरमूल्य बढेको छ भने १४१ कम्पनीको शेयरमूल्य घटेको छ, ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । किसान लघुवित्त वित्तीय संस्था र ग्ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य ६ प्रतिशत भन्दा बढिले बढेको छ ।
आज सबैभन्दा बढी जालपा सामुदायिक लघुवित्त र युजिलिभर नेपालका लगानीकर्ताले गुमाएका छन् । यि दुवै कम्पनीको शेयरमूल्य ६ प्रतिशत बढिले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी ग्लोबल आइएमई बैंक प्रोमोटर शेयरको भएको छ । यस कम्पनीको आज १५ करोड १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया