बैंकिङ्ग समाचार, काठमाडौं ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पाँचौं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको साउन ९ गते बसेको संचालक समितिको बैंठकले साधारणसभा साउन ३१ गते जानकी फेमली होटल, मंलगवा, सर्लाहीमा बस्ने निर्णय गरेको हो ।
सभाले संस्थाको आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ करोड रुपैयाँको १४.२५ प्रतिशतले हुन आउने २८ लाख ५० हजार रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने १ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारणसभा डाकेको हो ।
यसका साथै सभाले अन्य कुनै लघुवित्तसंग मर्जर वा एक्विजिशन गर्न सञ्चालक समितिलाइ अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले साउन २१ गते देखि ३१ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा साउन १८ गतेसम्म कायम शेयरधनीले संस्थाको साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
प्रतिक्रिया