बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंक लिमिटेडले २ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद आवेदन दिन पाउने गरी बिक्रीमा ल्याएको हो ।
बैंकले बिक्रीमा ल्याएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
बैंकको शेयरमा ईच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको काठमाडौं, नक्साल, नारायणचौरस्थित केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।
यदि सो अवधिमा खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया