बैंकिङ्ग समाचार, काठमाडौं ।
शेयर बजारमा नेपाल राष्ट्र बैंकले सार्वजनकि गरेको नयाँ मौद्रिक नीतिको उत्साह आज देखिएको छैन । मौद्रिक नीति सार्वजनिक भएको दिन आइतवार उच्च अंकले बढेको शेयर बजार आज भने दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन आज सोमवार नेप्से २६.६६ अंकले घटेर २ हजार २ सय दशमलब ५० विन्दुमा पुगेर बन्द भएको हो । आइतवार नेप्से ६३.२४ अंकले बढेर २ हजार २ सय २७ दशमलब १६ विन्दुमा बन्द भएको थियो ।
नेप्सेमा दोहोरो अंकको गिरावट भएपनि कारोबार रकममा भने वृद्धि भएको छ । आज ४ अर्ब ७३ करोड ७६ लाख बराबरको कारोबार भएको छ । आइतवार ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेमा आज कारोबार भएका ५० कम्पनीको शेयरमूल्य बढेको छ भने १६३ कम्पनीकोे शेयरमूल्य घटेको छ, ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर ८७१.२० रुपैयाँ पुगेको छ ।
आज सबैभन्दा बढी एनआइबिएल ग्रोथ फण्ड र लिवर्टि इनर्जि कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यि दुवै कम्पनीको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढिले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको आज २५ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया