बैंकिङ्ग कसुर ऐन, २०६४ लाई समसामयिक संशोधन गर्न राष्ट्र बैंकले गर्यो नयाँ मौद्रिक नीतिमा व्यवस्था

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकिङ्ग कसुर ऐन, २०६४ लाई समसामयिक संशोधन गर्ने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाका गतिविधि र काम कारबाहीलाई लिएर केहि व्यक्तिले गैर व्यवसायिक गतिविधि गरिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्ने गरी केन्द्रीय बैंकले ऐनमा संशोधन गर्ने व्यवस्था थप गरेको छ ।

पछिल्ला दिनमा केही व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिर्ने, बैंक तथा वित्तीय संस्था कर्मचारीमाथि आक्रमण गर्ने जस्ता अराजक गतिविधी गरेपछि केन्द्रीय बैंकले उक्त ऐनमा संशोधन गर्ने तयारी गरेको हो ।

“वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर–व्यवसायिक तथा उच्छृङ्ल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैंकिङ्ग कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने छ” मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।