बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एण्ड बार प्रा.लि. बीच मिति २०८० श्रावण ७ गते आईतबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक, कर्मचारी तथा अन्य व्यक्तीहरुले बालुवाटार, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा ग्राहकहरुले सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया