माछापुच्छ्रे बैंकलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्यो ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान

माछापुच्छ्रे बैंकलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्यो ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान

सुरेश शर्मा
70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंक लिमिटेडलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने National Best Presented Annual Report (BPA) Award, 2022 बाट सम्मानित भएको छ । माछापुच्छ्रे बैंकले बैंकिङ्ग क्षेत्र तर्फको ‘सर्टिफिकेट अफ मेरिट’ (Certificate of Merit) अवार्ड प्राप्त गरेको हो । 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनमा समावेश गरिएका वित्तीय विवरणको प्रस्तुति र स्वीकृति, पारर्दशिता, विषयवस्तु, सुशासन लगायतका कुराहरुलाई मध्यनजर गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।