मौद्रिक नीतिले लघुवित्तको मर्जरलाई गर्यो प्रोत्साहन, २०८१ असार मसान्तसम्म एकीकृत कारोबार गर्ने लघुवित्तलाई सुविधा

मौद्रिक नीतिले लघुवित्तको मर्जरलाई गर्यो प्रोत्साहन, २०८१ असार मसान्तसम्म एकीकृत कारोबार गर्ने लघुवित्तलाई सुविधा


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत लघुवित्तको मर्जरलाई थप प्रोत्साहन गर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको मौद्रिक नीति मार्फत २०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने जनाइएको छ ।

‘२०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने छ,’ राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख छ । यसअघि गत वर्षको पुस मसान्तसम्म एकीकृत कारोबार गर्ने संस्थाले मात्रै यस्तो सुविधा पाएका थिए ।