बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पल्ट QR प्रणालीमा Voice Box (Instant Payment Notification) प्रविधिको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट शुभारम्भ गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ ।
मिति २०८० श्रावण ५ गते बाट QR मा Voice Box जडान गरि बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो । अब माछापुच्छ्रे बैंकका QR मर्चेन्टहरुले QR मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी SMS सँगसँगै ध्वनी (Sound) मार्फत हुने बैंकले जनाएको छ । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ QR प्रति लोकप्रियता एवम् विश्वसनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंको अपेक्षा रहेको छ ।
यस सुविधाबाट हजारौ साना तथा मझौला QR मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने र सो को प्रयोगले ग्राहक र मर्चेन्टहरु बिच देखिएका केही भुक्तानी सम्बन्धी विवाद निराकरण हुने विश्वास बैंकले लिएको छ ।
हाल उक्त सेवा Nepal Pay QR का मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने छ ।
यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल "Smart Bank" को रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ ।
हरेक क्षेत्र र वर्गकाग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया