बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंक लिमिटेडले आज आफ्नो २६औं वाषिकोत्सव मनाउदैछ । एनआईसी एशिया बैंक २६ वर्षअघि आजकै दिन सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने संकल्पका साथ शुरू भएको थियो ।
यस अवसरमा बैंकले आत्मीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै आफ्नो २६ औं वार्षिकोत्सव मनाउन गइरहेको छ । यस अनवरत यात्रामा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, शेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति बैंकले हार्दिक आभार तथा नमन प्रकट गरेको छ ।
बैंकले जारी गरेको विज्ञप्तीमा भनेको छ, ‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं र जे छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ । साथै, आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने अठोट गर्दछौ ।’
प्रतिक्रिया