कामना सेवा विकास बैंकले ल्यायो १२.१२% ब्याजदरमा पाईने विभिन्न कर्जा योजना

कामना सेवा विकास बैंकले ल्यायो १२.१२% ब्याजदरमा पाईने विभिन्न कर्जा योजना


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले ग्राहकहरुको कर्जाको लागि १२.१२ प्रतिशत नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आवासिय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसाय अन्तर्गत सरल व्यापार कर्जा र विद्युतीय सवारी साधन खरिद गर्दा १२.१२ प्रतिशत ब्याजदरमा कर्जा कर्जा प्रवाह गर्ने भएको हो ।

बैंकका अनुसार आवासिय घर निर्माणको लागि कर्जा लिँदा अधिकतम ३० वर्षको लागि डेढ करोड सिमा भित्र रहने गरि धितो मूल्याङ्कित रकमको ६० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था गरेको छ । त्यस्तै, सरल व्यापार कर्जामा धितो मुल्याङ्कीत रकमको ८० प्रतिशत सम्म मासिक ब्याजमात्र तिर्ने वा मासिक किस्तावन्दीमा भुक्तानी गर्ने गरि कर्जा उपलव्ध हुने बैंकले जनाएको छ ।

\"\"

त्यस्तै, विद्युतिय सवारी साधन खरिदमा खरिद मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले बताए । नायव प्रमुख कार्यकारी अधिकृत दाहालका अनुसार बैंकले प्रवाह गर्ने यस्ता कर्जाहरु सम्पूर्ण कागजात पेश गरेको ३ दिन भित्रै स्वीकृत गरिसक्ने छ ।

\"\"

कम व्याजदरमा यो कर्जा सुविधा उपलब्ध गराई आफ्नो ग्राहकहरुलाई सशक्त बनाउने बैंकको लक्ष्य रहेको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न समेत आफ्ना देशव्यापी शाखाबाट सहज रूपमा कर्जा उपलब्ध गराउने भएको बैंकले जनाएको छ ।

कामना सेवा विकास बैंकले हाल १३५ वटा सञ्जालहरु मार्फत ग्राहकलाई यो सेवा प्रदान गर्नेछ ।