बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंक लिमिटेड धुलिखेल शाखा र धुलिखेल डेण्टल केयरबीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र डेन्टल केयरका तर्फबाट प्रबन्ध संचालक अमिर हमालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग र क्युआर कोडबाट भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन । सबै उमेर समुहका व्यक्तिको दाँतको उपचार शुल्कमा २० प्रतिशत छुट हुनेछ ।
प्रभु बैंकले काभ्रे जिल्लामा ८ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, पाँचखाल, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दे आएको छ ।
हाल बैंकको कुल शाखा ३०१ पुगेको छ भने ७१ वटा एक्सटेन्सन काउन्टर २६ वटा शाखा रहित बैंकिङ्ग र २७५ वटा एटिएम मार्फत आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ्ग-वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया