बैंकिङ्ग समाचार, काठमाडौं ।
बुधवार साँझ त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट बरामद भएको ठूलो परिमाणको सुनको तौल करिब १५५ केजी रहेको खुलासा भएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको सुन हिजो सिनामंगलबाट बरामद भएको थियो । उक्त सुन जोख्नका लागि बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार कार्यालय पुर्याइएको थियो ।
टक्सार महाशाखाका अनुसार सुन परीक्षण गर्न बाँकी रहेको र अरू धातुको मात्रा कति हो भन्ने ठ्याक्कै थाहा भएको छैन ।
यसमा संलग्न रहेको आरोपमा दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका छन् । एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका हुन् ।
प्रतिक्रिया