आगामी साता मौद्रिक नीति जारी गर्ने तयारीमा राष्ट्र बैंक, अर्थ समितिको बैठकमा गरियो छलफल

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षको मौद्रिक नीति आगामी साता ल्याइने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । सरकारले राखेको आर्थिक वृद्धिदर हासिल गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति जारी गरिने उनले बताए ।

पछिल्ला दिनहरूमा बाह्य क्षेत्र सन्तुलित अवस्थामा रहेको, ब्याजदर घट्दो क्रममा रहेको, तरलता पर्याप्त रहेको लगायत सकारात्मक सूचक देखिँदा पनि मूल्यवृद्धि नियन्त्रण हुन नसकेको, चालु खाता घाटामा रहेको, कर्जा विस्तार सुस्ताएको लगायतका समस्या कायमै रहेको गभर्नर अधिकारीको भनाइ छ ।