बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार झिनो अंकले घटेर बन्द भएको छ । आज नेप्से १.३१ अंकले घटेर २ हजार १ सय ६३ दशमलब ९२ विन्दुमा बन्द भएको हो । बुधवार नेप्से ११.१७ अंकले बढेर २ हजार १ सय ६५ दशमलब २४ विन्दुमा बन्द भएको थियो ।
नेप्सेमा सामान्य गिरावट भएसँगै कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । आज ३ अर्ब ५ करोड २४ लाख बराबरको कारोबार भएको छ । बुधवार ३ अर्ब ३४ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेमा आज कारोबार भएका ८८ कम्पनीको शेयरमूल्य बढेको छ भने १२३ कम्पनीकोे शेयरमूल्य घटेको छ, ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा विशाल बजार कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने लिवर्टी इनर्जी कम्पनी लिमिटेडको शेयरमूल्य पनि १० प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्ड–२ र कुमारी इकयुटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यि दुवै कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १४ करोड २३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया