दुई वाणिज्य बैंकको ८ लाख बढी कित्ता संस्थापक शेयर विक्रीमा

दुई वाणिज्य बैंकको ८ लाख बढी कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज साउन ४ गतेबाट दुई वाणिज्य बैंकहरुले कुल ८ लाख कित्ता बढि संस्थापक शेयर विक्रीमा ल्याएका छन् । यस दिन हिमालयन बैंकले ७ लाख ५१ हजार ६८० कित्ता र कुमारी बैंकले ५३ हजार ८१९ कित्ता संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका हुन् ।

यी बैंकको उल्लेखित संस्थापक शेयर खरीद गर्न विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । यी बैंकको शेयरमूल्य भने विक्रेताले तोकेबमोजिम कायम हुने छ । 

उल्लेखित बैंकको शेयर खरीद गर्न इच्छुक सम्बन्धित बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्ने बैंकहरुले जनाएका छन् । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्ने जानकारीसमेत सम्बन्धित बैंकहरूले गराएका छन् ।