बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंकले संस्थापक समूहको शेयर आज साउन ३ गतेबाट बिक्रीमा ल्याएको छ । बैंकले साढे १३ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको छ ।
उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकको सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकेको छ । यसर्थ, इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा अंकित न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकेर बोलकबोल गर्नुपर्ने हुन्छ ।
बैंकको शेयरमा इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
उक्त संस्थापक शेयर खरिद आवेदन बैंकको बिक्री प्रबन्धक काठमाडौं कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा दिनुपर्नेछ । शेयर खरिदको बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १७ गतेसम्म रहेको छ ।
प्रतिक्रिया