आरएसडिसी लघुवित्तले सार्वजनिक गर्यो चौथो त्रैमासको रिपोर्ट, नाफा बढ्दा ईपीएस भने घट्यो

आरएसडिसी लघुवित्तले सार्वजनिक गर्यो चौथो त्रैमासको रिपोर्ट, नाफा बढ्दा ईपीएस भने घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा लघुवित्तले ११ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७१ प्रतिशत बढी हो । लघुवित्तले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १० करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.२१ प्रतिशत बढेर २८ करोड ४९ लाख ५२ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २३ करोड ९० लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १३ रुपैयाँ १२ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा २८ पैसा घटेर १२ रुपैयाँ ८४ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा रहेको छ ।