बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बढ्ने क्रम आज पनि जारी रहेको छ । साताको कारोबारको तेस्रो दिन आज मंगलवार नेप्से ९.९१ अंकले बढेर २ हजार १ सय ५४ दशमलब ०७ विन्दुमा बन्द भएको छ । सोमवार नेप्से ४७.०७ अंकले बढेर २ हजार १ सय ४४ दशमलब १६ विन्दुमा बन्द भएको थियो ।
नेप्सेमा सामान्य वृद्धि भएसँगै कारोबार रकम पनि आज उल्लेख्य रुपमा बढेर साढे ३ अर्ब माथि पुगेको छ । आज ३ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार नेप्सेमा २ अर्ब ५६ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १०१ कम्पनीको शेयरमूल्य बढेको छ भने १०६ कम्पनीकोे शेयरमूल्य घटेको छ, १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूलय १० प्रतिशतले बढेर प्रतिकित्ता १३५५.२० रुपैयाँ पुगेको छ भने युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य पनि ९.९९ प्रतिशतकले बढेर प्रतिकित्ता ५९२.२० रुपैयाँ पुगेको छ ।
आज सबैभन्दा बढी सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले गुमाएका छन् । यसको शेयरमूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको आज २१ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया