बैंकिङ्ग समाचार, काठमाडौं ।
नयाँ आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेर बन्द भएको छ । साताको कारोबारको दोस्रो दिन सोमवार नेप्से ४७.०७ अंकले बढेर २ हजार १ सय ४४ दशमलब १६ विन्दुमा पुगेर बन्द भएको हो । आइतवार नेप्से १२.१६ अंकले बढेर २ हजार ९७ दशमलब ०९ विन्दुमा बन्द भएको थियो ।
नेप्सेमा उच्च अंकको वृद्धिसँगै कारोबार रकम पनि आज बढेर साढे २ अर्ब माथि पुगेको छ । आज २ अर्ब ५६ करोड १ लाख बराबरको कारोबार भएको छ । आइतवार नेप्सेमा २ अर्ब ३७ करोड ६४ लाख बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका २०० कम्पनीको शेयरमूल्य बढेको छ भने १३ कम्पनीकोे शेयरमूल्य घटेको छ, ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिपीडब्लु लघुवित्त वित्तीय संस्था, युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८ प्रतिशत भनदा बढीले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १४ करोड ८६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया