सिभिल लघुवित्तले गर्यो आफ्नो नाम परिवर्तन

सिभिल लघुवित्तले गर्यो आफ्नो नाम परिवर्तन


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै संस्थाको नाम परिवर्तन भई हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड कायम गरिएको जानकारी दिएको हो ।

हिमालयन बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको राष्ट्रिय स्तरको यस कम्पनीको नाम परिवर्तन सम्बन्धि प्रस्ताव २०७९ साल फागुन २९ गते सम्पन्न ११औं वार्षिक साधारण सभाले पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट कम्पनीको नाम परिवर्तनका लागि २०८० साल असार २१ गते स्वीकृति प्राप्त भएको जानकारी समेत कम्पनीले गराएको छ । 

साविक कम्पनीको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु र व्यहोर्नुपर्ने कर, दायित्व आदिन समेत परिवर्तित नामको कम्पनीले सकार्ने गरी कम्पनी रजिष्ट्रारको कार्यालयले उक्त संस्थालाई स्वीकृति प्रदान गरेको हो ।

\"\"