आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोवार आजबाट भयो सुरु

आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको एकीकृत कारोवार आजबाट भयो सुरु


बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा ईजाजतपत्रप्राप्त बागमती प्रदेश नुवाकोट जिल्ला, ककनी गा.पा.–०६ जुरेथुममा रजिष्टर्ड कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला, बनेपा न.पा.–१३ साँगामा रजिष्टर्ड कार्यालय रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आज २०८० आसार ३१ गते आइतबारदेखि एकीकृत वित्तीय कारोबार सुरु भएकोछ । 

शुभारम्भ कार्यक्रम साविक आशा लघुवित्त वित्तीय संस्था लि.को अध्यक्ष निर्गुण प्रसाद भट्टचनको सभापतित्व तथा संस्थापक अध्यक्ष राम बहादुर पाण्डेको प्रमुख आतिथ्यमा सुरुवात भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राम बहादुर पाण्डेले केन्द्रीय कार्यलयमा रिवन काटी पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । 

\"\"

उक्त कार्यक्रममा साविक राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकी कार्यकारी निर्देशक जया लोहनीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । शुभारम्भ कार्यक्रमा अतिथिहरु रमेश सिंह खड्का तथा शंकर प्रसाद कालिकोटाले मन्तव्य व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेका थिऐ । 

शुभारम्भ कार्यक्रमको सञ्चालन साविक आशा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले गरेका थिए भने उक्त कार्यक्रमा दवै संस्था तर्फका पुर्व अध्यक्ष, संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरु लाई प्रमुख अथिती रामबादुर पाण्डे तथा कार्यक्रमा सभापति निर्गुण प्रसाद भट्टचनले प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका थिए । 

एकीकृत कारेवार पश्चात आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत्र मसान्तको वित्तीय प्रतिवेदनको आधारमा संस्थाको कुल चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार, जगेडा कोष २४ करोड ९९ लाख ६३ हजार ८७०, बचत संकलन २ अर्ब ७५ करोड ३६ लाख १५ हजार ३२०, कुल लगानीमा रहेको कर्जा ८ अर्ब ७३ करोड १७ लाख ३७ हजार १९०, कुल शाखा कार्यालयको संख्या १५६, कुल सदस्य संख्या १ लाख २९ हजार ४४२, कुल ऋणी संख्या ७३ हजार ६०५, कुल कर्मचारी संख्या ६१२ पुग्ने वित्तीय संस्थाले जनाएकोछ ।

\"\"