चालु आवको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको वृद्धि, २ अर्ब ३७ करोडको कारोबार

चालु आवको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको वृद्धि, २ अर्ब ३७ करोडको कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक वर्ष २०७९(८० को अन्तिम दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । साताको कारोबारको पहिलो दिन आज नेप्से १२.१६ अंकले बढेर २ हजार ९७ दशमलब ०९ विन्दुमा पुगेर बन्द भएको हो । बिहिवार नेप्से १२.६२ अंकले घटेर २ हजार ८४ दशमलब ९३ विन्दुमा बन्द भएको थियो ।

नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकममा भने आज गिरावट आएको छ । आज २ अर्ब ३७ करोड ६४ लाख बराबरको कारोबार भएको छ । बिहिवार नेप्सेमा ३ अर्ब ३९ करोड ६ लाख बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ९३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११७ कम्पनीकोे शेयरमूल्य घटेको छ, ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

आज ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सनराइज फोकस्ड इकयुटी फण्ड, एनआइबीएल ग्रोथ फण्ड, सानिमा ग्राथ फण्ड, सिटिजन्स म्युचुहल फण्ड २, माछापुच्छ्रे बैंक डिभेञ्चर, गरिमा विकास लघुवित्त वित्तीय संस्था रहेका छन् । यि कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेको छ ।

आज लिवर्टी इनर्जी कम्पनी लिमिटेड र मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यि दुवै कम्पनीको शेयरमूल्य आज करिब ६ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज १९ करोड १३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।