बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साधारण निक्षेपमा साउन महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । मुद्दती खातामा भने साउनमा बैंकले ब्यमजदर यथावत राखेको छ ।
बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । असारमा बैंकले साधारण बचतमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।
यस्तै, बैंकले मुद्दती निक्षेपको ब्याजदर भने यथावत राखेको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर नै कायम राखेको हो । बैंकले रेमिट्यान्स खातामा भने ११.९९ प्रतिशत ब्याजदर तोकेको छ ।
प्रतिक्रिया