बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंकले साउन महिनामा आफ्नो ब्याजदर बढाउने निर्णय गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाएको हो ।
साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार प्राइम कमर्शियल बैंकले मुद्दतीमा १०.९३ प्रतिशत सम्म ब्याज दिने घोषणा गरेको छ । संस्थागत तर्फ ८.९३ प्रतिशत यस्तै, ब्यक्तिगततर्फ ३ महिनासम्मको लागि १०.९३ प्रतिशत र रेमिट्यान्स खातामा १२.५० प्रतिशत ब्याजदर तोक्ने बैंकले जनाएको छ ।
यस्तै, बैंकले साधारण बचतको ५.९३ देखि ७.९३ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ ।
प्रतिक्रिया