बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो समय बैंकहरुले निक्षेपमा दिने व्याजदर घटाउदै गएका छन् । गत असार २८ गते मात्र विकास बैंकहरुले साउन महिनामा विकास वैंकहरुको ब्याजदर घटाउने निर्णय गरेसँगै कामना सेवा विकास बैंकले पनि ब्याजदर घटाउने निर्णय गरेको हो । जसअनुसार मुद्धती खातामा दिने ब्याज समेत घटेको छ ।
वाणिज्य बैंकहरुले पनि साउनमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् ।
कामना सेवा विकास बैंकले प्रकाशन गरेको व्याजदर अनुसार मुद्धती खातामा ९.९९ प्रतिशत प्रकाशन गरेको छ । वित्तीय वजारमा तरलताको समस्या हट्दै गए पश्चात बैंकहरुले क्रमिक रुपमा व्याज घटाउदै आएका थिए ।
नेपाल राष्ट्र बैंकको विवरण अनुसार बैंकहरुको कर्जा निक्षेप अनुपात ८१.६७ प्रतिशत रहेको छ । राष्ट्र बैंकको नियम अनुसार कर्जा निक्षेप अनुपात ९० प्रतिशत सम्म हुन पाउने प्रावधान रहेकोमा बैंकहरुले कर्जा लगानी गर्न नसक्दा उक्त अनुपात घट्न गएको छ । वचतकर्ताहरुलाई वैंकले दिने व्याजदर घटेसँगै वैंकहरुको आधारदर घट्न गई कर्जाको व्याजदर समेत घट्ने छ ।
प्रतिक्रिया