बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंक लिमिटेडले ५ लाख ७९ हजार ८३८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो ।
बैंकले बिक्रीमा ल्याएको कुल शेयरहरु मध्ये ४ लाख ११ हजार ४३९ कित्ता संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरुले पनि खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ भने बाँकी १ लाख ६८ हजार ३९९ कित्तामा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने बैंकले जनकारी दिएको छ ।
अन्य व्यक्ति तथा संस्थाका लागिसमेत बिक्रीमा राखिएको शेयरमा १५ दिनभित्र र संस्थापक शेयरधनीहरुका लागि मात्र बिक्रीमा राखिएको शेयरमा ३५ दिनभित्र काठमाडौं बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन बैंकले इच्छुक लगानीकर्तालाई आह्वान गरेको छ ।
संस्थापक शेयरधनीहरुका लागि मात्र बिक्रीमा राखिएको शेयरमा संस्थापकबाट तोकिएको समय भित्र आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया