बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारद्वारा निष्काशन भएका ५ वटा विकास ऋणपत्र बिहीबार नेप्सेमा सूचीकृत भएका हुन् ।
नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिएको कुल रू. ६० अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएका छन् ।
नेप्सेमा सूचीकृत भएका विकास ऋणपत्रमा ४ वर्षे अवधिको २०८४ ‘ट’, ५ वर्षे अवधिको २०८५ ‘ज’, ५ वर्षे अवधिको २०८५ ‘झ’, ६ वर्षे अवधिको २०८६ ‘ङ’ र ६ वर्षे अवधिको २०८६ ‘च’ छन् । यी ऋणपत्रको वार्षिक ब्याजदर क्रमशः ८.९ प्रतिशत, ८.५७ प्रतिशत, ८ प्रतिशत, ६.९३ प्रतिशत र ६.३५ प्रतिशत छ ।
गत वैशाख ८ गतेदेखि असार २२ गतेसम्म निष्कासन भएका विकास ऋणपत्रहरू नेप्सेमा सूचीकृत भएका हुन् ।
प्रतिक्रिया