बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज बिहिवार दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १२.६२ अंकले घटेर २ हजार ८४ दशमलब ९३ विन्दुमा पुगेको छ । बुधवार नेप्से २५.३१ अंकले बढेर २ हजार ९७ दशमलब ५५ विन्दुमा बन्द भएको थियो ।
नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकममा भने आज वृद्धि भएको छ । आज ३ अर्ब ३९ करोड ६ लाख बराबरको कारोबार भएको छ । बुधवार नेप्सेमा ३ अर्ब १८ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका ५४ कम्पनीको शेयरमूल्य बढेको छ भने १६५ कम्पनीकोे शेयरमूल्य घटेको छ, ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा एनएमबी डिभेञ्चर २०८५, एसबिएल डिभेञ्चर २०८३ र एनआइबिएल समृद्धि फण्ड २ रहेका छन् । यि तिन वटै कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।
आज सबैभन्दा बढी पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज २३ करोड ७५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया