बैंकिङ्ग समाचार, काठमाडौं ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर निष्काशन अनुमति पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट शतप्रतिशत हकप्रद निष्काशन गर्न सहमति पाएको हो ।
विद्युत नियमन आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार रुपैयाँ बराबरको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीको असार ७ गते सम्पन्न विशेष साधारण सभाले उक्त हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको थियो ।
अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिनेछ । र, सेबोनको स्वीकृतिपछि हकप्रद शेयर निष्काशन गरिनेछ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको शत प्रतिशत अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।
शतप्रतिशत हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ७३ करोडभन्दा माथि पुग्नेछ ।
प्रतिक्रिया