बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले यि दुई शाखाहरु असार २७ गते बुधबारबाट संचालनमा ल्याएको हो । नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध भएको बैंकले जनाएको छ ।
यस संगै बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
प्रतिक्रिया