बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो ्दिन दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से २५.३१ अंकले बढेर २ हजार ९७ दशमलब ५५ विन्दुमा पुगेको छ । मंगलवार नेप्से ४.७३ अंकले घटेर २ हजार ७२ दशमलब २४ विन्दुमा बन्द भएको थियो ।
नेप्से बढेसँगै कारोबार रकममा पनि आज वृद्धि भएको छ । आज ३ अर्ब १८ करोड ७६ लाख बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा २ अर्ब ८५ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १८५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३८ कम्पनीकोे शेयरमूल्य घटेको छ, १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दश कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा शिवश्री हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभल फल्स पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । अन्य ७ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढिले बढेको छ ।
आज सबैभन्दा बढी रावा इनर्जी डेभलपमेन्टको लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ३३ करोड ९३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया