मल्टीपर्पस फाइनान्सलाई ३५% हकप्रद शेयर निष्काशन गर्न सेबोनको अनुमति

मल्टीपर्पस फाइनान्सलाई ३५% हकप्रद शेयर निष्काशन गर्न सेबोनको अनुमति


बैंकिङ्ग समाचार, काठमाडौं ।
मल्टीपर्पस फाइनान्स लिमिटेडले ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।

गत फागुन २९ गते बोर्डमा हकप्रद शेयर निष्काशन अनुमति दर्ता गराएको कम्पनीले असार २६ गते बोर्डको अनुमति पाएको हो । 

बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पूँजी रू. ४५ करोड २० लाखको आधारमा १ बराबर शून्य दशमलव ३५ को अनुपातमा १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर विक्री गर्न अनुमति दिएको हो ।

हकप्रदपछि कम्पनीको चुक्ता पूँजी रू. ६१ करोड २ लाख कायम हुनेछ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।