प्रभु र महालक्ष्मी लाईफ इन्स्योरेन्सको मर्जर पश्चात असार २९ देखि एकीकृत कारोबार

प्रभु र महालक्ष्मी लाईफ इन्स्योरेन्सको मर्जर पश्चात असार २९ देखि एकीकृत कारोबार


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले मर्जर प्रक्रिया पूरा गरी असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् ।

२०७९ असार ३० गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीले एक वर्षमा एकीकृत कारोबार सुरू गर्न लागेका हुन् । दुवै कम्पनीले मर्जरसम्बन्धी प्रस्ताव गत जेठ २६ गते सम्पन्न  वार्षिक साधारण सभाबाट पारित गरेका थिए ।

यी कम्पनीहरूलाई मर्जरका लागि नेपाल बीमा प्राधिकरणले जेठ २९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १८ गते स्वीकृति प्राप्त भएको हो । नेपाल धितोपत्र बोर्डले भने असार २६ गते मर्जरका लागि स्वीकृति दिएसँगै कम्पनीहरूले एकीकृत कारोबार सुरू गर्न लागेका हुन् ।

यी कम्पनीहरूले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरू गर्न लागेको जानकारी कम्पनीहरूले दिएका छन् । एकीकृत कारोबारका लागि असार २९ देखि ३१ गतेसम्म सम्पूर्ण सेवा बन्द हुने जानकारी समेत कम्पनीले दिएको छ ।