बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलवार पनि झिनो अंकको गिरावट जारी रहेको छ । आज नेप्से ४.७३ अंकले घटेर २ हजार ७२ दशमलब २४ विन्दुमा पुगेको छ । सोमवार नेप्से ०.८० अंकले घटेर २ हजार ७६ दशमलब ९६ विन्दुमा बन्द भएको थियो ।
नेप्सेमा झिनो गिरावट भएसगैँ कारोबार रकम पनि उल्लेख्य गिरावट भएको छ । आज २ अर्ब ८५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार नेप्सेमा ३ अर्ब ७९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा कारोबार भएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ भने १३८ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज पाँच कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । हिमालयन पावर पार्टनरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २९३ दशमलव ७० रुपैयाँ पुगेको छ भने एनआइबीएल समृद्धि फण्ड–२ को शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता ७ दशमलव ९२ रुपैयाँ पुगेको छ । यस्तै, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड र कर्पोरेट डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य ९ प्रतिशत भन्दा बढिले वृद्धि भएको छन् ।
आज सबैभन्दा बढी सिंगटी हाइड्रो इनर्जी लिमिटेड, स्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेड र मन्दाकीनी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यि कम्पनीको शेयरमूल्य आज करिब ५ प्रतिशत भन्दा बढिले घटेको छ ।
नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेनस लिमिटेडको भएको छ । यस कम्पनीको आज १२ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया