बैंकिङ्ग समाचार, काठमाडौं ।
विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी असार ३१ गतेदेखि एकिकृत कारोबार सुरू गर्ने भएका छन् । दुबै बैंकले सुचना जारी गर्दै एकिकृत कारोबारको मिति सार्वजनिक गरेका हुन ।
नेपाल राष्ट्र बैंकले असार १५ गते र नेपाल धितोपत्र बोर्डबाट असार २१ गते यी कम्पनीले मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेसँगै असार ३१ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।
मर्जर सम्झौता गरेको सात महिनामा यी दुई कम्पनीले एकिकृत कारोबार सुरू गर्न लागेका हुन । यी दुई कम्पनीबीच गत मंसिर २६ गते साझ मर्जर सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि गत चैत २८ गते सम्पन्न दुबै लघुवित्तको वार्षिक साधारण सभाले पारित गरेको थियो ।
एकिकृत कारोबारपछि विजय लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सुरू हुनेछ । मर्जरपछि बन्ने यस कम्पनीको केन्द्रिय कार्यालय धुलिखेला, काभ्रेपलाञ्चोकमा रहने जानकारी समेत कम्पनीहरूले दिएका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्ज हुन लागेका हुन ।
प्रतिक्रिया