बैंकिङ्ग समाचार, काठमाडौं ।
‘आइएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु. ५०० सम्म छुट प्राप्त गर्न सक्ने भएकाछन् ।
सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड "MONSOONYT51" प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्नुपर्नेछ ।
मनसुन सिजनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट योजना यहि असार ३१, २०८० सम्म रहने छ ।
प्रतिक्रिया