कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन पाउने

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आज मंगलवार देखि सर्वसाधारण लगानीकर्तामा आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँड गरिसकेको छ । पहिलो चरणका लागि छुट्याइएको सम्पूर्ण कित्ता शेयर बाँडफाँड भइसकेको अवस्थामा कम्पनीले दोस्रो चरणको आईपीओ विक्रीमा ल्यएको हो ।

कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।

सोको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको छ भने २ प्रतिशत अर्थात २ हजार ४३७ कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । 

सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १ लाख १ जार १५१ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

आईपीओ निष्कासन अवधि छिटोमा असार २९ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि साउन ९ गतेसम्म आईपीओको विक्री अवधि तय गरिएको छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्राएनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको मेरो शेयर सफ्टवेयर र अनलाइन मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।