बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अरुण काबेली पावरको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले समायोजन पश्चात कम्पनीको शेयरमूल्य २१७ रुपैयाँ ७५ पैसा कायम गरेको छ । नेप्सेले अघिल्लो कारोबार दिन अर्थात आइतबार को अन्तिम कारोबार मुल्य प्रतिकित्ता ३३५ रुपैयाँ ५० पैसाको आधारमा शेयरमुल्य समायोजन गरेको हो ।
यही समायोजित मूल्यलाई आधार मानेर सोमवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।
कम्पनीले आफ्नो शेयरधनीहरुलाई शतप्रतिशत अर्थात १ः१ को अनुपातमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारि गरेको छ ।
प्रतिक्रिया