प्रभु महालक्ष्मी लाइफको सीईओ रमेश कुमार भट्टराई बन्ने

प्रभु महालक्ष्मी लाइफको सीईओ रमेश कुमार भट्टराई बन्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जर भई असार २९ गतेदेखि एकिकृत कारोबार थाल्न लागेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रमेश कुमार भट्टराई नियुक्त भएका हुन् ।

भट्टराईलाई सिइओ नियुक्त गर्न नेपाल बीमा प्राधिकरणले स्वीकृति प्रदान गरेको हो । मर्जर पश्चात बन्ने कम्पनीमा भट्टाराईले आगामी ४ वर्षको लागि नेतृत्व सम्हाल्नेछन् ।

व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका रमेश कुमार भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्सको स्थापनाकालदेखि प्रमुख कार्यकारी अधिकृत रहेका थिए । २०३८ सालमा नेपाल बैंक लि.को अधिकृत बाट करिअर प्रारम्भ गरेका उनी विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सको एकीकृत कारोबार यही असार २९ गते हुने भएको छ । दुबै कम्पनीबीच २०७९ आषाढ ३० गते मर्जरको प्रारम्भिक सहमति भएको थियो ।