बैंकिङ्ग समाचार, काठमाडौं ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार असार २४ गते आइतवारदेखि रोक्का भएको छ ।
दोस्रो बजारमा सूचीकृत यी कम्पनीहरूले मर्जर प्रक्रिया पुरा गरी असार २४ गतेदेखि एकिकृत कारोबार सुरू गरेकाले शेयर कारोबार बढीमा १५ कारोबार दिनका लागि रोक्का गरिएको हो ।
मर्जर तथा प्राप्ति सम्बन्धि पछिल्लो व्यवस्था अनुसार एकिकृत कारोबारको दिनदेखि बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कारोबार रोक्का गरिदिएको हो ।
दुई कम्पनी एक भई साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन ।
प्रतिक्रिया