बैंकिङ्ग समाचार, काठमाडौं ।
पाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनीको शेयरमूल्य समायोजन भएको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २२ गते शुक्रबार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कम्पनीको ४० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो ।
नेप्सेले कम्पनीको शेयर मूल्य १९२ रुपैयाँ १४ पैसा कायम गरेको छ । नेप्सेले बिहीबारको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । बिहीबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता २२९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया