बैंकिङ्ग समाचार, काठमाडौं ।
अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ भोलि असार २२ गते (शुक्रवार) बाँडफाँड हुने भएको छ ।
कम्पनीले असार १० देखि १३ गतेसम्म ५ लाख ३९ हजार ५ सय कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । उक्त आईपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ आवेदकबाट १ करोड ३९ लाख ६४ हजार ७१० कित्ता शेयरको लागि आवेदन परेको छ, जुन मागभन्दा २५ दशमलव ८८ गुणा बढी हो ।
विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले कम्पनीको आईपीओ भोलि बिहान ९ बजे विक्री प्रबन्धकको कार्यालय, नारायणचौर नक्सालमा बाँडफाँड गरिने जनाएको छ । कम्पनीको आईपीओ गोलाप्रथा मार्फत १० कित्ताका दरले ५३ हजार ९५० जना आवेदकले मात्र हात पार्नेछन् । यस आधारमा १२ लाख २८ हजारभन्दा बढी आवेदकको हात खाली हुनेछ ।
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ विक्री तथा बाँडफाँड गरिसकेको छ ।
प्रतिक्रिया