नागरिक लगानी कोषले वितरण गर्ने २५% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नागरिक लगानी कोषले वितरण गर्ने २५% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज असार १८ गते, सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली असार १९ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले असार ३१ गते, आइतबार, आफ्नो केन्द्रिय कार्यालय, सीआईटी बिल्डिङ, नयाँ बानेश्वरमा, अपरान्ह ३ बजे शुरु गरि हुने २८ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले सञ्चालक समितिमा अन्य बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट त्यस्ता संस्थाले तोके बमोजिम निर्वाचित वा मनोनीत गरेको एक सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।