माईपे डिजिटल वालेटले एसईई पास गरेका विद्यार्थीहरुलाई मासिक ५ हजार सम्म छात्रवृत्ति दिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
माईपे डिजिटल वालेटले मासिक रु ५,००० सम्मको ‘माई फस्ट डिजिटल वालेट’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । युवाहरुमाझ लोकप्रिय यस वालेटले एसईई पास भएका १०० जना विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गर्ने माईपेले जनाएको छ ।

एसईई पास गरेका युवा विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस छात्रवृत्ति योजना ल्याएको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जनकारी दिएका छन् ।

‘नविन प्रविधिलाई युवाहरुले नै सबैभन्दा पहिले आत्मसाथ गर्न सक्दछन्,’ मेहताले भने, ‘त्यसैले हामीले उनीहरुलाई डिजिटल प्रविधिप्रति बेलैमा आर्कषित गरी डिजिटल साक्षरता दिन सके डिजिटल नेपालको सपनालाई साकार पार्न समेत सहयोग मिल्थ्यो ।’ उनले भने, तथा यस कार्यक्रम सुरुवात गर्न पाउँदा निकै उत्साहित रहेको समेत मेहताले बताए ।

यस छात्रवृत्ति कार्यक्रममा जम्मा एक सय विद्यार्थीहरु लाभान्वीत हुनेछन् । जसमा ९९ जना विद्यार्थीले मासिक रु ५०० का दरले एक वर्षसम्म र एक जना विद्यार्थीले मासिक रु ५,००० का दरले एक वर्षसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् ।

यस कार्यक्रममा सहभागी हुनका लागि एसईई दिएर बसेका विद्यार्थीहरुले माईपे वालेट डाउनलोड गरी वालेट भित्र रहेको फर्म भर्नुपर्नेछ । फर्म भर्नका लागि रु १० शुल्क लाग्नेछ । देशैभरीका विद्यार्थीहरु यस योजनामा सहभागी हुन सक्नेछन् । छात्रवृत्तिमा छनौट भईसकेपछि विद्यार्थीहरुले आफ्नो मार्कसिट तथा कक्षा ११ मा भर्ना भएको प्रमाण समेत पेस गर्नुपर्नेछ । आवेदन अवधी साउन अन्तिमसम्म रहेको माईपेले जनाएको छ ।