मुक्तिनाथ विकास बैंकद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मधेश प्रदेशका विभिन्न अस्पताललाई व्हीलचेयर वितरण

मुक्तिनाथ विकास बैंकद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मधेश प्रदेशका विभिन्न अस्पताललाई व्हीलचेयर वितरण


बैैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व कार्यहरुलाई निरन्तरता दिँदै आईरहेको छ । यसै सन्दर्भमा सामाजिक कार्यहरुलाई प्रभावकारी बनाउन बैंकले मधेश प्रदेशमा यस महिना विभिन्न अस्पतालहरुलाई व्हीलचेयर (Wheelchair) वितरण गरेको छ ।

बैंकले मधेश प्रदेश स्थित मधश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपूर अस्पताल, गजेन्द्र ना.सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीहरुको व्यवस्थापनका लागि आवश्यक पर्ने व्हीलचेयरहरु हस्तान्तरण गरेको छ । 

\"\"

बैंकले यस कार्यबाट स्वास्थ्य क्षेत्र तर्फ आफ्नो सामाजिक प्रयास अघि गर्दै, उक्त अस्पतालमा आउने बिरामीहरुलाई केही राहत पुग्ने विश्वास लिएको छ । यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने समेत थप विश्वास लिएको जनाएकोछ ।

साथै, बैंकले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना अन्तर्गत रु २ करोड सम्मको कृषी कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण÷खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्र सर्वशुलव व्याजदरमा कर्जा प्रदान गर्दै आईरहेको छ ।

\"\"