बैैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९७ हजार २९२ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । कम्पनीले विभिन्न पाँच जना संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्त शेयर असार १४ गतेदेखि बिक्रीमा ल्याएको हो ।
संस्थाले संस्थापक शेयरधनीहरु देवराज चौलागाईंको नाममा रहेको २३ हजार ३१ कित्ता, विमला घिमिरेको नाममा रहेको १५ हजार ९२६ कित्ता, मनोज बस्नेतको नाममा रहेको ९ हजार कित्ता, कल्पना मास्केको नाममा रहेको ३० हजार १४२ कित्ता र मीन श्रेष्ठको नाममा रहेको १९ हजार १९३ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिदको लागि विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र ललितपुरको महालक्ष्मी–४ स्थित संस्थाको कर्पोरेट कार्यालयमा गएर खरिद आवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ ।
प्रतिक्रिया