बैैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ असार १३ गते, बुधवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले लघुवित्तको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार २१ रुपैयाँ ८२ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधवार दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता १ हजार १२४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ ।
लघुवित्तले असार २२ गते, शुक्रवार, धुलीखेल लग रिसोर्ट, धुलीखेल, काभ्रेपलाञ्चोकमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया