बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । जीवन विकास लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तको १४.२८५ प्रतिशत अर्थात १४ लाख ७७ हजार ५४२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त शेयर लगानीकर्ताले आफ्नो हितग्राही खातामा आएपछि दोस्रो बजारबाट खरिद बिक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया