बैंकिङ्ग समाचार, काठमाडौं ।
अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनार्थ असार २२ गते एक दिन बुकक्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.४० अनुपातमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
गत चैत ६ गते हकप्रद शेयर निष्काशनका लागि बोर्डमा निवेदन पेश गरेको कम्पनीले असार ६ गते बोर्डबाट अनुमति पाएको हो । हकप्रद निष्काशनको मिति भने कम्पनीले हालसम्म तय गरेको छैन ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रहेको छ । ४० प्रतिशत हकप्रद शेयर बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब ७८ करोड ६५ लाख बढी पुग्नेछ ।
प्रतिक्रिया